एनआईसी एशिया बैंकको २ नयाँ शाखा संचालनमा

काठमाडौं, २४ पौष। एनआर्इसी एशिया बैंकले दुर्इ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले आइतबार सिन्धुलीको कमलामार्इ नगरपालिका र लमजुङको बेसीशहरमा गरि दुर्इ शाखा संचालनमा ल्याएको हो।

सिन्धुली जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बिनेशकुमार श्रेष्ठले सिन्धुली शाखाको र लम्जुङ्ग जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष राजेश थापाले बेसीशहर शाखाको उद्घाटन गरेका हुन्।

यी दुई शाखाहरुको संचालन पछि बैंकको कुल शाखा संख्या १ सय ५६ वटा पुगेको छ। बैंकको हाल १ सय ४१ एटीएम र चार वटा एक्सटेन्सन काउन्टर रहेका छन्।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *