Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

१२ अंकको वृद्धिसंग कारोबार रकम पनि बढ्यो

१२ अंकको वृद्धिसंग कारोबार रकम पनि बढ्यो

काठमाडौं, २४ पौष । सोमबार नेप्से परिसुचक १२ अंकले बढेर १४४३.८० विन्दुमा पुगेको छ । पौष महिनाको आधा समय घटेको शेयर बजारमा हिजो र आजको वृद्धिले शेयरलगानीकर्ताहरुलाई केहि राहत दिलाएको छ ।

यता नेप्से परिसुचकमा वृद्धि आएसंगै हिजोको तुलनमा आज कारोबार रकम समेत बढेको छ । ३६ करोड रुपैयाँको हाराहारीमा कारोबार भएको हिजो आज सोमबार १० करोड रुपैयाँले बढेर ४६ करोड ४६ लाख ३९ हजार ८२० रुपैयाँको कारोबार भएको छ । सोमबार १५७ कम्पनीहरुको ८ लाख ५५ हजार १३९ कित्ता शेयरको किनबेच भएको छ ।

सोमबार होटल समुहको परिसुचक बाहेक अरु सम्पुर्ण समुहगत परिसुचकहरु बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x