Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

महंगा बाईकका वर्कसपमा राजस्वको छापा

महंगा बाईकका वर्कसपमा राजस्वको छापा

काठमाडौं १९ कार्तिक । ठूलो परिमाणमा मूल्य अभिवृद्धि कर (भ्याट) छलिएको आशङ्का पछि आन्तरिक राजस्व विभागले महँगा बाइकका वर्कसपमा छापा मारेको छ । विभागले महँगा बाइकका वर्कसपमा छापा मारेर कागजपत्र जफत गरेको छ ।

विभागले महँगो बाइक अन्तर्गत पर्ने ‘क्रसफायर’ को धुम्बाराही स्थित वर्कसपमा छापा मारेको छ । अनुगमनको क्रममा उक्त वर्कसपमा भ्याट बिल बिना कारोबार गरेको, अन्य कारोबार पनि पारदर्शी नदेखिएको फेला परेपछि सम्पूर्ण कागजपत्र जफत गरिएको छ । छापा मार्दा नक्कली बिल बनाएर उपभोक्तालाई दिने गरेको, स्थायी लेखा नम्बर (प्यान) तथा भ्याटमा कारोबार नगरेको फेला परेको विभागले जनाएको छ ।

काठमाडौंमा खुलेका महँगा बाइकका वर्कसपले भ्याट बिल विनै कारोबार गर्ने गरेको उजुरी विभागमा परेपछि विभागको टोलीले ‘क्रसफायर’को धुम्बाराहीस्थित वर्कसपमा छापा मारेको थियो । काठमाडौंमा खुलेको अधिकांश वर्कसपले भ्याटमा कारोबार गर्दैनन् । बाइक विक्रेता कम्पनी आफैले सञ्चालन गरेको वर्कसपले भ्याट बिल दिए पनि अन्य अधिकांस वर्कसपले भ्याट बिल नदिने विभागका उजुरी परेको छ ।

विभागले महँगा बाइक क्रसफायर, बीएमडब्ल्यू, डुकाटी, बेनेली, बुलेटलगायत वर्कसपमा पनि छापा मारेको छ । खासगरी, आयकर र भ्याट छलि भएको हुन सक्ने विभागको अनुमान छ । कर छली गरेको पुष्टि भए कानुन अनुसार कारबाही गरिने विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x