नवनियुक्त प्रदेश प्रमुखले राष्ट्रपति समक्ष लिए सपथ
काठमाडौं १९ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई पद तथा गोपनियताको शपथ गराएकी छन् । राष्ट्रपति भवन, शीतलनिवासमा मंगलबार आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सपथ गराएकी हुन् ।
सरकारले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णुप्रसाद प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदुरपश्चिम प्रदेशमा शर्मिलाकुमारी पन्तलाई शपथ गराएकी हुन् ।
राष्ट्रपति भण्डारीले सोमबार नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको हो । त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्री, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।
यसअघि राष्ट्रपतिबाट मन्त्रिपरिषद्को यही कात्तिक १७ गतेको निर्णयबाट सिफारिश भए अनुनुसार यसअघिका प्रदेश प्रमुखहरुलाई बर्खास्त गरिएको थियो ।