३ अर्व रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै सन्राईज बैंक

काठमाडौं, १९ कात्तिक । सन्राईज बैंकले ३ अर्व रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले एक हजार अंकित दरको सात वर्ष भुक्तानी अवधि भएको वार्षिक १०.२५ प्रतिशत व्याजदरमा अर्धवार्षिक रुपमा भुक्तानी गर्ने गरी भोलीबाट ऋणपत्र निष्काशन गर्ने भएको हो । यो ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।

उक्त ऋणपत्र निष्कासन समयावधि चाँडोमा कात्तिक २४ गतेसम्म र ढिलोमा मंसिर १९ गतेसम्म रहने छ । ३ अर्व रुपैयाँमध्ये १ अर्व २० करोड रुपैयाँ सर्वसाधारणका लागि खुल्ला गरिने छ भने १ अर्व ८० करोड रुपैयाँको ऋणपत्र परिपत्र विधिबाट संस्थागत वा व्यक्तिहरुलाई विक्री खुल्ला गरिने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *