Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नागरिक लगानी कोषको नेतृत्वमा बास्केट फण्ड स्थापनाको तयारी

नागरिक लगानी कोषको नेतृत्वमा बास्केट फण्ड स्थापनाको तयारी

काठमाडौं, १९ कात्तिक । नेपालको पूँजी बजारमा हुने अस्वभाविक घटबढलाई नियन्त्रण गर्न सरकारी स्वामित्वका संस्थाहरुले बास्केट फण्ड स्थापना गर्ने भएका छन् । नेपाल नागरिक लगानी कोषको नेतृत्वमा कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, बीमा संस्थान, पूनर्बीमा कम्पनी र नेपाल टेलिकमलगायतका संस्थानहरुको सहभागितामा फण्ड स्थापना गर्ने तयारी भैरहेको नागरिक लगानी कोषले जनाएको छ ।

समय–समयमा नेपालको पूँजी बजारमा अस्वभाविक रुपमा घटबढ हुने गर्छ । यस्तो अवस्थालाई नियन्त्रण गर्न बजार निर्माताहरुले ठूलो भूमिका खेलेका हुन्छन् । तर, नेपालमा भने बजार निर्माताको अभ्यास अझै पनि सुरु हुन सकेको छैन । नागरिक लगानी कोष तथा कर्मचारी सञ्चय कोष जस्ता ठूलो रकम भएका संस्थालाई बजार निर्माताको भूमिकामा राख्नु पर्ने भनिएता पनि अझैसम्म त्यो कार्यन्वयन हुन सकेको छैन ।

यद्यपी एउटा संस्थाको रकम अहिलेको बजारको लागि कम हुन सक्ने भएकाले एक भन्दा बढी संस्था मिलि बास्केट फण्ड स्थापना गर्ने अवधारणाको सृजना भएको हो ।

बास्केट फण्डको अवधारणा तत्कालिन अर्थमन्त्री डा.रामशरण महत्तको पालामा नै उठेको हो । तर, विभिन्न कारण उक्त परिकल्पना अहिलेसम्म कार्यन्वयन हुन सकेको छैन । त्यस्तै, सरकारले आर्थिक वर्ष २०७२÷७३ को बजेटमार्फत् नै नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरुक्षा कोष, बीमा संस्थान र टेलिकम जस्ता कम्पनीहरुलाई बजार निर्माताका रुपमा शेयर बजारमा परिचालन गर्ने व्यवस्था गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x