Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

डा. केसीलाई अदालतमा उपस्थित गराईयो, माइतीघरमा समर्थक भेला भएपछि सुरक्षा व्यवस्थामा कडाइँ

डा. केसीलाई अदालतमा उपस्थित गराईयो, माइतीघरमा समर्थक भेला भएपछि सुरक्षा व्यवस्थामा कडाइँ

काठमाडौं, २५ पुस । चिकित्साशास्त्र संकायका डिनलाई पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको आदेशको विरोधमा आमरण अनशन शुरु गरेका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सक गोविन्द केसीलाई प्रहरीले सोमबार अस्पताल परिसरबाट पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा राखेको छ । सर्वोच्च अदालतले डा. केसीलाई अदालतमा उपस्थित गराउन आदेश दिएपछि उनलाई हिजो नै प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई आज अदालत गराईयो । डा. केसीलाई प्रहरीले अपराधीसरह प्रक्राउ गरी हिरासतमा लिएको विरोधमा डा. केसीका समर्थकहरु बिहानैदेखि माइतीघर मण्डलामा भेला हुन थालेका छन् ।


माइतीघरमा समर्थकको उपस्थिति बढ्दै गएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । मेडिकल शिक्षामा सुधारका लागि डा. केसी पटक—पटक अनशन बस्दै आएका छन् । डा. केसीलाई अदालतले मानहानी गरेको भन्दै अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x