Shangrila

नाट्टामा सिएन पाण्डे र दिपेन्द्रकुमार शर्मा प्यानल सहित चुनावी मैदानमा

काठमाडौं, २५ पुस । नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)को आसन्न निर्वाचनका लागि दुई सिएन पाण्डे र दिपेन्द्रकुमार श्रेष्ठ प्यानल सहित चुनावी मैदानमा उक्रिएका छन् । दुबैं पक्षले सोमबार राजधानीमा छुट्टाछुट्टै पत्रकार सम्मेलनको आयोजना गरि प्यानल र प्रतिवद्धता पत्र सार्वजनीक गरे ।

शर्मा प्यानलको प्रथम उपाध्यक्षमा चित्रबहादुर गुरुङ, द्वितिय उपाध्यक्षमा संगिता जिरेल, महासचिवमा विनय बस्नेत, सचिवमा सविता केसी, कोषाध्यक्षमा रामप्रसाद श्रेष्ठ, सहकोषाध्यक्षमा युवराज सुवेदी, रहेका छन् । त्यस्तै सदस्यहरुमा अमृतकुमार ढकाल, रबि थापा, रघु परियार, सन्तोष क्षेत्री, डिपि अर्याल, बेन्जु श्रेष्ठ, गिता ढकाल र बिनोद कार्की रहेका छन् ।

त्यस्तै पाण्डे प्यानलबाट प्रथम उपाध्यक्षमा अच्यूत गुरागाई, द्वितिय उपाध्यक्षमा सुनिल शर्मा, महासचिवमा रमेश थापा, सचिवमा हरिभत्त श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार थापा, सहकोषाध्यक्षमा सुरेन्द्र भट्टराई र सदस्यहरुमा इन थापा, कुमार थपलिया, राजु ढकाल, फुरि शेर्पा, सुदर्शन नेपाल, रमेश पौड्याल, देवकी गुरुङ र रोमी श्रेष्ठ छन् ।

पाण्डे समूह नेकपा एमाले, नेपाली कांग्रेस र एमाओवादी केन्द्र समर्थित पर्यटन व्यवसायीहरुको सहमतिमा निर्माण गरिएको हो भने शर्माले स्वतन्त्र व्यवसायीहरुको नेतृत्व गर्दै प्यानल घोषणा गरेका हुन ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *