Date

शनि, जेष्ठ १०, २०८२
Sat, May 24, 2025

तराईमा चिसोबाट प्रभावितलाई सरकारले घोषणा गर्यो २ करोड २२ लाखको राहत

तराईमा चिसोबाट प्रभावितलाई सरकारले घोषणा गर्यो २ करोड २२ लाखको राहत

काठमाडौं, २५ पुस । सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधारणलाई दुई करोड २२ लाख रुपैयाँ बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा सोमबार गृह मन्त्रालयले उक्त निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

गृह मन्त्रालयले तराईका २२ जिल्लामा प्रत्येक जिल्लामा १० लाख रुपैयाँ बराबरको कम्बल, दाउरा लगायत न्यानो सामग्री वितरण गर्ने छ । मन्त्रालयले सरकारको मौज्दातमा रहेका कम्बल लगायत सामग्री पनि तत्काल उक्त जिल्लामा पठाउने तयारी गरेको छ। प्रधानमन्त्रीको निर्देशनमा शीतलहर प्रभावित जिल्लामा तत्काल उक्त राहत वितरण गर्ने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले जिल्लास्थित स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिशमा उक्त राहत वितरण गर्न निर्देशनसमेत दिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *