Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्वबैकसँग साढे १३ अर्ब विदेशी ऋण लियो सरकारले

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्वबैकसँग साढे १३ अर्ब विदेशी ऋण लियो सरकारले

काठमाडौं, २२ कात्तिक । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्व बैंकबाट प्रस्ताव भएको करिब १३ अर्ब ६२ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता लिने स्वीकार गर्ने भएको छ । मन्त्रिपरिषद्को हालै बसेको बैठकले ऋण स्वीकार गर्ने निर्णय गरेको हो।

विश्व बैकबाट प्राप्त रकम प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि खर्च गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार रकम ४ देखि ५ वर्षभित्र ज्यालाको वितरण, सूचना प्रणालीको निर्माण र रोजगार सेवा केन्द्रको सदृढीकरणमा खर्च गरिनेछ ।

करिब ७० प्रतिशत रकम अर्थात साढे ९ अर्बजति सूचना प्रणाली र ज्यालामा खर्च गरिने र त्यसबाहेकका रकम ७५३ स्थानीय तहकै रोजगार सेवा केन्द्रको सदृढीकरणमा खर्च हुने मन्त्रालयले जनाएको छ । चार वर्षको अवधिमा खर्च गर्नेगरि यो ऋण लिइएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x