Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

ठगी आरोपमा ज्योति ग्रुपका रुप ज्योति पक्राउ

ठगी आरोपमा ज्योति ग्रुपका रुप ज्योति पक्राउ

काठमाडौँ, २२ कात्तिक । ज्योति ग्रुपका सदस्य रुप ज्योतिलाई प्रहरीले पक्राउ गरेको छ। विहीबार राति साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट उनी पक्राउ परेका हुन् ।

सुचनाका आधारमा प्रहरीले सिंगापुरबाट सिल्क एयरमा आएका रुपज्योतिलाई बिमानस्थलमा ओर्लनासाथ पक्राउ गरेको हो । उनलाई विमानस्थलबाट महानगरीय प्रहरी काठमाडौं लगिएको छ।

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग ठगी मुद्दामा रूप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले २०७५ मंसिर २० मा आदेश दिएको थियो। तर, उनी त्यसविरुद्ध सोही वर्ष मंसिर २४ मा सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको १ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो।

रुप ज्योति पूर्वअर्थ सहायकमन्त्री समेत हुन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *