Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

घटदैछ बैदेशिक सहायता प्रतिबद्धता

घटदैछ बैदेशिक सहायता प्रतिबद्धता

काठमाडौँ, २५ कात्तिक । नेपालका लागि विभिन्न दातृ राष्ट्र तथा निकायबाट प्राप्त हुने बैदशिक सहायता प्रतिबद्धता घट्दै गएको छ । अर्थ मन्त्रालयको तथ्यांक अनुसार चालु आर्थिक बर्ष २०७६/७७ को पहिलो तीन महिनाको अवधिमा यस्तो सहायता प्रतिबद्धता ७७ प्रतिशतले घटेको छ । सो अवधिमा विभिन्न दातृ राष्ट्रबाट १५ अर्ब ६८ करोड रुपैयाँ बराबरको सहायताको प्रतिबद्धता प्राप्त भएको छ । अघिल्लो आवको सोही अवधिमा २७ अर्ब ७६ करोड रुपैयाँ रहेको तथ्यांकमा उल्लेख छ ।
चालु आवको असोज महिनासम्ममा आएको प्रतिबद्धता रकममध्ये अधिकांश अनुदान रहेको छ । कुल प्रतिबद्धतामध्ये ७८.८ प्रतिशत अनुदान र २१.२ प्रतिशत ऋण रहेको छ । गत आवको सोही अवधिमा भने अनुदान १६.२ र ऋण ८३.८ प्रतिशत थियो ।

मन्त्रालयको तथ्यांक अनुसार चालु आवको असोज महिनामा मात्रै भने ३ अर्ब ३३ करोड रुपैयाँ बराबरको बैदेशिक ऋण सहायता प्रतिबद्धता प्राप्त भएको छ । भूकम्प प्रभावित निजी घरहरुको पुर्ननिर्माणका र शिक्षा तथा स्वास्थ्य सुविधा पुराउँन परियोजनाका लागि सो रकम प्राप्त भएको हो । गत भदौसम्ममा भने ११ अर्ब ४० करोड रुपैयाँ सहायता प्रतिबद्धता प्राप्त भएको थियो । सो रकम अधिकांश प्रदेश र स्थानीय सरकार सहयोग कार्यक्रम परियोजनाको लागि थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x