Date

मङ्ल, असार १७, २०८२
Tue, July 1, 2025

थप ६ एयरलाइन्सले नेपालमा उडान भर्ने

थप ६ एयरलाइन्सले नेपालमा उडान भर्ने

काठमाडौँ, २५ कात्तिक । नेपालमा आधा दर्जन विदेशी बिमानले उडान भर्ने तयारी गरेका छन्। भारतका दुई, कुवेत, फिनल्यान्ड र अष्ट्रेलियाको एक/एक वायुसेवा कम्पनीले उडान भर्ने तयारी गरेका हुन् ।

भारतको स्पाइस जेट एयरलाइन्स र भिस्तारा एयरले नेपालमा उडान भर्नका लागि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाइसकेको छन् । कुवेतको जजिरा एयरवेजले पनि नेपाल उडानका लागि स्वीकृति लिएको छ। स्पाइस जेटले काठमाडौं-नयाँ दिल्ली-मुम्बई र भिस्ताराले काठमाडौं-नयाँ दिल्ली रुटका लागि दैनिक एक/एक उडान गर्ने अनुमति पाएका छन्।

कुवेतको जजिरा एयरले अगामी मङ्सिर १ गते देखि नेपालमा उडान भर्ने भएको छ। जजिराको उडान तालिका निश्चित भएको नियामक निकाय प्राधिकरणले जनाएको छ। भारतका दुई कम्पनीले डिसेम्बर महिनाको दोस्रो सातादेखि नेपालमा उडान भर्नेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *