Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

वर्ल्ड मर्चेन्टको नाम परिमार्जन गरि समृद्धि फाइनान्सबाट कारोबार सुरु

वर्ल्ड मर्चेन्टको नाम परिमार्जन गरि समृद्धि फाइनान्सबाट कारोबार सुरु

काठमाडौं, २५ कात्तिक । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आजबाट वित्तिय सेवा सुरु गरेको छ । साविकको वर्ल्ड मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स कम्पनीलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्तबाट मुक्त गरेपछि नाम परिमार्जन गरि सेवा सुरु गरिएको हो । राष्ट्र बैंकले २०७० बैशाखमा समस्याग्रस्त घोषणा गरेर सुधार प्रक्रियाको थालनी गरेको थियो ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले आज सेवाको शुभारम्भ गरेका हुन ।

अहिले संस्थाको चुक्ता पुँजी १८ करोड १९ लाख ८० हजार तीन सय रुपैयाँ रहेको छ । केन्द्रिय कार्यालय मकवानपुरको हैटौडामा रहेको फाइनान्सले काठमाडौंको पुतलीसडक र नेपालगञ्ज रोड, अमरपथ बुटवलमा शाखा रहेको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पुँजी ८० करोड रुपैयाँ पुर्याउनका लागि छिटै हकप्रद सेयर जारी गर्ने जानकारी दिइएको छ।

परिमार्जित संस्थाको अध्यक्षमा टिकानिधि लोहरी रहेको छन् भने प्रमुख कार्यकारी अधिकृतमा पुष्प प्रसाद श्रेष्ठ रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x