बंगलादेशी राष्ट्रपतिको फेवातालमा जलबिहार
काठमाडौं , २८ कात्तिक । नेपालको चार दिने भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखरा गएका छन्।
उनले पर्यटकीय नगरी पोखराको फेवातालमा जलविहार गरेका छन् । फेवातालपछि उनी रुपाकोट रिसोर्टमा जाने छन् ।
राष्ट्रपति हमिदको पोखरा आगमनलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।