Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पुनर्निर्माणमा भारतको ३ अर्ब शोधभर्ना

पुनर्निर्माणमा भारतको ३ अर्ब शोधभर्ना

काठमाडौं, २८ कात्तिक। भारत सरकारको तर्फबाट भारतीय निर्यात–आयात (एक्जिम) बैंकले नुवाकोट र गोर्खा जिल्लामा आवास निर्माणका लागि भारत सरकारले प्रदान गरेको तेस्रो किस्ताको शोधभर्नाका लागि सहुलियत कर्जा व्यवस्था मार्फत ३ अर्ब १० करोड रुपैयाँ शोधभर्ना स्वरुप उपलब्ध गराएको छ । नेपालको नुवाकोट तथा गोर्खा जिल्लाका ५०,००० निजी घर पुनर्निर्माणका लागि एक्जिम बैंकले क्रण व्यवस्था मार्फत ५० मिलियन अमेरीकी डलर उपलब्ध गराउने वाचा गरेको थियो ।
यसका अतिरिक्त भारतले यी घरहरुको निर्माणका लागि अनुदान स्वरुप १०० मिलियन अमेरीकी डलर उपलब्ध गराउने प्रतिबद्घता गरेको थियो । भारतले हालसम्म घरधनीहरुलाई पहिलो र दोस्रो किस्ता गरी ६ अर्ब ९६ करोड रुपैयाँ (६९.६ मिलियन अमेरीकी डलर) प्रदान गरिसकेको छ । घरधनीहरुलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप भूकम्प प्रतिरोधी घर निर्माण गर्न प्रोत्साहन गर्नका लागि भारत सरकारले सामाजिक–प्राविधिक सहजीकरणको सुविधा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x