सुन–चाँदीको मूल्य बढ्यो
काठमाडौं, २८ कात्तिक । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ। बुधबार तोलामा २ सय रुपैयाँ बढेको सुन बिहीबार (आज) ६ सय रुपैयाँले बढेको छ ।
आज सुन तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। बुधबार सुन तोलाको ७१ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।
यस्तै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको ८ सय ६० रुपैयाँ कायम गरिएको छ।