Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

अजोडको खुद नाफा ३३ प्रतिशतले बढ्यो

अजोडको खुद नाफा ३३ प्रतिशतले बढ्यो

काठमाडौं, २८ कात्तिक । अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। कम्पनीले उक्त प्रतिवेदनमा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७७ लाख ९७ हजार खुद नाफा गरेको जनाएको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ५८ लाख ७२ हजार कमाएको थियो। यो आवमा कम्पनीको खुद नाफा ३३ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै कम्पनीको जगेडा कोष १८ प्रतिशतले कम हुँदै एक करोड ८२ लाख रुपैयाँ पुगेको छ । यो वर्ष कुल बीमा शुल्क आर्जन रकम ३ सय ६८ प्रतिशतले वृद्धि हुँदै २० करोड ६ लाख रुपैयाँ पुगेको र कुल दावी भुक्तानी ५ करोड ३५ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ। हाल कम्पनीको पुँजी ७० करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *