हिमालयन बैंकद्वारा २२ प्रतिशत लाभांश घोषणा

काठमाडौ, २८ कात्तिक । हिमालयन बैंकले २२ प्रतिशत लाभांश घोषणा गरेको छ । आज बसेको बैंक सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले ८५ करोड २० लाख २५ हजार रुपैयाँ बराबरको बोनस सेयर बाँड्ने छ भने १ अर्ब २ करोड २४ लाख ३० हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्विकृती भएपछि आगामी साधारण सभामा पेश गरिने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *