Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

अनुसन्धान नपुगेको भन्दै रुप ज्योतिको मिसिल सरकारी वकिल कार्यालयले प्रहरीलाई फर्ता गर्यो

अनुसन्धान नपुगेको भन्दै रुप ज्योतिको मिसिल सरकारी वकिल कार्यालयले प्रहरीलाई फर्ता गर्यो

काठमाडौं, २८ कात्तिक । उद्योगी डा. रुप ज्योति माथि अनुसन्धान नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरीलाई मिसिल फिर्ता गरेको छ ।

गत बिहीबार पक्राउ परेका रुप ज्योति र उनकी छोरी सुरुचीका विषयमा अनुसन्धान सकेको भन्दै प्रहरीले बुधबार फाइल बुझाएको थियो ।

विगेन्द्रकृष्ण मल्लले दिएको जाहेरीका आधारमा उनीहरु पक्राउ परेका थिए । तर बुधबार मल्ल आफैं जाहेरी फिर्ता लिन महानगरीय प्रहरी परिसर काठमाडौं पुगेका थिए । ठगिमा परेको भनिएका व्यक्तिले नै रकम आफूले फिर्ता पाएको भन्दै जाहेरी फिर्ता लिन चाहेकाले उनको निवेदन सरकारी वकिलको कार्यालयमा पुगेपछि प्रहरीले बुझाएको मिसिल फिर्ता पठाइएको छ ।

कार्यालयले जाहेरी फिर्ता लिन परेको निवेदन माथिसमेत अनुसन्धान गर्न भनेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *