सन् २०२१ मा नेपालमा ‘‘ई–कार रेसिङ’ हुने
काठमाडौं, २८ कात्तिक । सन् २०२१ को मे २१ मा मुस्ताङको लार्जुङमा ‘ई–कार रेसिङ’ हुने भएको छ।
नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा एक्स्ट्रिम रेस आयोजना हुन लागेको हो ।
करिब एक अर्ब रुपैयाँको लागत अनुमान गरिएको रेस मुस्ताङको ग्राभल सडकमा हुनेछ । रेसमा इलेक्ट्रिक एसयुभि (स्पोर्ट युटिलिटी भेहिकल) प्रयोग गरिने जनाइएको छ।
यो रेसिङको विश्वभर करोडौं दर्शक भएकाले नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ।