१२ वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक : ५ अर्ब ९१ करोड रुपैयाँ नाफा
काठमाडौं, २८ कात्तिक । चालु आर्थिक बर्ष २०७६÷७७ को पहिलो त्रैमासिक अवधिमा बैंक तथा वित्तीय संस्थाको नाफा औसतमा १० प्रतिशतले बढेको छ । हालसम्मको अवधिमा १२ वटा बैंक तथा वित्तीय संस्थाले वित्तीय विवरण प्रकाशन गरेका छन् । जसअनुसार बैकहरुको नाफा औसत १० प्रतिशतले बढेको देखिएको हो ।
१२ बैंकहरुको नाफा ५ अर्ब ९१ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आवको सोही अवधिमा भने बैकहरुको नाफा ५ अर्ब ६१ करोड रुपैयाँ थियो । सो अवधिमा वित्तीय विवरण प्रकाशन गरेका बैंकहरुमध्ये ग्लोबल आईएमई बैंकको नाफा सबैभन्दा धेरैले बढेको छ । बैंकको नाफा ४० प्रतिशतले बढेको छ । चालु आवको असोज महिनासम्ममा बैंकले ७५ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेका छन् । गत आवको सोही अवधिमा भने बैंकको नाफा ५३ करोड ५८ लाख रुपैयाँ थियो ।
त्यस्तै, नाफा बढाउँने दोस्रो पंक्तिमा सनराईज बैंक परेको छ । चालु आवको असोज महिनासम्ममा बैकले ४५ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३३ करोड १४ लाख रुपैयाँ थियो । लक्ष्मी बैंकको नाफा भने ३२ प्रतिशतले बढेको छ । सो अवधिमा बैंकले ४० करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
तर, चालु आवको असोज महिनासम्ममा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा भने ग्लोबल आईएमई बैंक सबै भन्दा अग्रस्थानमा छ । प्राइम बैक दोस्रो, प्रभु बैक, कृषि विकास र सानिमा बैंक परेका छन् ।
त्यस्तै, नेपाल बैकको नाफा ३६ प्रतिशतले घटेको छ । सिटिजन्सको नाफा १८ प्रतिशतले घटेको छ ।