Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पहिलो तीन महिनामा राजस्व संकलन र पुँजीगत खर्चको अवस्था निराशाजनक, आर्थिक बृद्धिको लक्ष्य पनि घटाइयो

पहिलो तीन महिनामा राजस्व संकलन र पुँजीगत खर्चको अवस्था निराशाजनक, आर्थिक बृद्धिको लक्ष्य पनि घटाइयो

काठमाडौं, २८ कात्तिक । सरकारले बजेट मार्फत चालु आर्थिक वर्ष २०७६–७७ मा ८.५ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिदरको लक्ष्य संशोधन गरेको छ। अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तीन महिनाको बजेट विश्लेषमा सरकारले आर्थिक वृद्धिको लक्ष्य संशोधन गर्दै ७.०१ प्रतिशतमा रहने अनुमान गरेको छ ।

राजस्व संकलनमा आएको संकुचनसँगै यो त्रैमासिकमा पूँजीगत खर्चले पनि गति लिन सकेको छैन । चालु आर्थिक वर्षको तीन महिनामा कुल पूँजीगत बजेटको ४.४१ प्रतिशत मात्र खर्च भएको छ ।

तीन महिनामा राजस्व संकलन पनि सन्तोषजनक छैन । तीन महिनामा २ खर्ब ५२ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा १ खर्ब ९८ अर्ब रुपैयाँ मात्र संकलन भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x