मर्जरका लागि राष्ट्र बैंकले ल्यायो छुट, विलय हुने कम्पनीको तत्काल सेयर विक्री गर्न पाउँने

काठमाडौं, २८ कात्तिक । अब देखि मर्जर तथा एक्विजिसन प्रक्रिया पछि विलय भएर जाने कम्पनीको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव लगायत जिम्मेवार तहमा बसेका व्यक्तिले तुरन्त सेयर विक्री गर्न पाउँने भएका छन् । बैक तथा वित्तीय संस्थालाई मर्जरमा प्रोत्साहन गर्न नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरको हो ।

केन्द्रीय बैंकको यस अघिको व्यवस्था पनि मर्जर प्रक्रियामा विलय भएर जाने कम्पनीका जिम्मेवार तहमा रहेका व्यक्तिहरुले कम्तीमा एक वर्षसम्म सेयर विक्री गर्न नपाउने व्यवस्था थियो । अहिले त्यो व्यवस्था हटाएर मर्जर भएपश्चात् नै सेयर बिक्रीका लागि छुट दिइएको हो । विलय हुने संस्थाको सेयर एक वर्षसम्म कारोबार गर्न नपाइने पुरानो व्यवस्थाकै कारण केही वित्तीय संस्थाको मर्जर प्रक्रिया अवरोध भएपछि यस बिषयमा केन्द्रिय बैक लचिलो भएको हो । सेयर कारोबारका लागि राष्ट्र बैंकको अनुमति भने लिनुपर्नेछ ।

राष्ट्र बैंकले गत वर्षदेखि नै विग मर्जरको नीति लिएको छ । यसका लागि आन्तरिक रूपमा गृहकार्य गरी रहेको छ । मर्जरका लागि केन्द्रिय बैकले बैंक तथा वित्तीय संस्थाको ‘क्रसहोल्डिङ’ सम्बन्धी तथ्यांक संकलन गरेको थियो । तर, अपेक्षाकृत रुपमा क्रसहोल्डिङ नभेटिए पछि राष्ट्र बैकले नयाँ विकल्पको रुपमा सेयर विक्रीमा छुट दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *