मुक्तिनाथ र ट्रयाङ्गकुलिटी स्पाबीच ग्राहकलाई छुट दिने सम्झौता

काठमाडौं, २८ कात्तिक । मुक्तिनाथ विकास बैंक र ट्रयाङ्गकुलिटी स्पाबीच छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुलाई स्पामा तोकिएको शुल्कमा विशेष छुट दिइने छ । सम्झौतापत्रमा ट्रयाङ्गकुलिटी स्पाका बजारीकरण तथा बिक्रि प्रबन्धक बन्दना गुरुङ्ग र बैंकका बजारीकरण विभागका विभागीय प्रमुख बसन्त बक्सीेले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात बैंकका भिसा डेबिट कार्ड वाहक ग्राहकहरूले ट्रयाङ्गकुलिटी स्पामा तोकिएका विभिन्न सेवाहरुमा ३० प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
हाल बैंकले एक सय ३३ शाखा कार्यालयमार्फत् सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *