Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

बिल गेट्स पुन: संसारकै धनी

बिल गेट्स पुन: संसारकै धनी

काठमाडौं, २ मंसिर । माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स पुनःसंसारको धनी व्यक्ति बनेका छन् । गेट्सको सम्पत्ति ११० अर्ब अमेरिकी डलर पुगेको छ ।

अमेरिकाको ब्लूमवर्ग पत्रिकाका अनुसार ६४ वर्षे गेट्स अमेजनका मालिक जेफ बेजोसलाई उछिन्दै दुई वर्षपछि फेरी संसारकै धनि व्यक्ति बनेका हुन ।

विश्वका १० धनीको सूचीमा ८ जना अमेरिकी नागरिक छन् । फ्रान्सका बर्नाड अरनल्ट तेस्रो नम्बरमा परेका छन् । उनीसँग १०३ अर्ब अमेरिकी डलर छ ।
वारेन वफेट चौथो नम्बरमा छन् । उनीसँग ८६.६ अर्ब अमेरिकी डलर सम्पति छ भने फेसबूकका संस्थापक मार्क जुकरवर्ग ७४.५ अर्ब अमेरिकी डलरसहित पाँचौ नम्बरमा परेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x