सेयर बजारमा झिनो अंकको गिरावट, नेपाल बैंकमा लगानीकर्ताको आकर्षण
काठमाडौं, २ मंसिर । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आइतबार ४.५९ अंकले घटेको बजार सोमबार ०.२४ अंकले मात्र तल झरेको छ ।
१२ समूहको मध्ये चार वटा समूहको उपसूचकमा गिरावट आएको छ भने बाँकी सबै सकारात्मक छन् । गिरावट आउनेमा हाइड्रो, म्यूचुअल फन्ड, अन्य र उत्पादन तथा प्रशोधन समूह रहेको छ ।
सोमबार साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् भने युनिभरसर्ल पावर कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाएका छन् ।
सेयर कारोबार भने एक सय ६० कम्पनीको ३५ करोड ६८ लाख रुपैयाँ बराबरको भएको छ । त्यसमा सबैभन्दा धेरै नेपाल बैंकको ८ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकले आजै मात्र २५ प्रतिशत लाभांश घोषणा गरेसँगै बैंकको सेयरमा लगानीकर्ताहरुको आकर्षण देखिएको हो ।