Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

फेरी सेलायो कमोडिटी एक्सचेञ्ज लाईसेन्स प्रक्रिया

फेरी सेलायो कमोडिटी एक्सचेञ्ज लाईसेन्स प्रक्रिया

काठमाडौं, ३ मंसिर । आवेदन परेको ६ महिना पुग्दा पनि नेपाल धितोपत्र बोर्डले कमोटिडी एक्सचेञ्ज कम्पनीको लाईसेन्स प्रक्रिया अगाडी बढाउँन सकेको छैन । कम्पनी सञ्चालनमा विभिन्न व्यक्तिहरुको रुचि जोडिएको हुँदा लाईसेन्स प्रक्रिया प्रक्रियामा नै सिमित हुन पुगेको हो ।
नेपाल धितोपत्र बोर्डले माग गरे बमोजिम गत असार ११ गते कमोडिटी एक्सचेञ्ज सञ्चालनका लागि ६ वटा कम्पनीले आवेदन दिएका थिए । कमोडिटी फयूचर्स एक्सचेञ्ज (सीएफएक्स) र राईजल कमोडिटी एण्ड कमोडिटी एक्सचेञ्ज (आरसीडिएक्स), नेशनल कमोडिटिज एण्ड डेरिभेटिम, मल्टि कमोडिटी एण्ड डेरिभेटिम, नेपाल डेरिभेटिभ एक्सचेञ्ज, नेपाल मर्कन्टायल एक्सचेञ्जले आवेदन दिएका थिए । आवेदन दिएको पनि आगामी ११ गते ६ महिना पुरा हुन्छ । तर, यस बिषयमा बोर्डले कुनै पनि प्रक्रिया अगाडी बढाउँन सकेको छैन । बोर्ड अध्यक्ष विहिन भएका कारण प्रक्रियामा अझ ढिलाई भएको बोर्डले जनाएको छ ।

दोस्रो पटक आवेदनको माग
नेपालमा कमोडिटी बजारको शुरुवात सन् २००६ बाट भएको हो । २००९ पछि मात्र सरकारले यो क्षेत्रबाट कर उठाउँदै आएको हो । यस अघि नेपालमा ९ वटा एक्सचेञ्ज सञ्चालनमा आए पनि पछिल्लो समयमा भने मर्कन्टाईल एक्सचेञ्ज नेपाल (मेक्स), नेपाल डेरिभेटिभ एक्सचेञ्ज (एडिएक्स) र डेरिभेटिभ एण्ड कमोटिडी एक्सचेञ्ज (डीसीएक्स) ले बजारमा बस्तु खरिद विक्रीको कारोबार गर्दै आएका थिए । तर, बस्तु विनियम बजार सम्बन्धी बनेको ऐन जारी भएपछि कम्पनीहरुले नयाँ करार गर्न नपाउने भएका हुन् । तत् पश्चात् बोर्डले बजार सञ्चालन गर्न इच्छुक एक्सचेञ्ज कम्पनीलाई दर्ता हुन आउन आवहन गरेको हो ।
बोर्डले २०७४ पुसमा दुई महिनाको अवधि दिएर आवेदन खुल्ला गरेको थियो । पाँच वटा कम्पनीले एक्सचेञ्ज सञ्चालनका लागि आवेदन पनि दिएका थिए । तर, बोर्डले दुई वटा कम्पनीलाई मात्र सञ्चालन अनुमति दिन सक्ने बताउँदै उक्त आवेदनको प्रक्रियालाई रद्ध गरेको थियो । बोर्डले गत बैशाख ११ गते पहिलाको प्रक्रिया रद्ध गरी नयाँ आवेदन माग गरेको थियो ।

अनुमती दुई वटालाई मात्रै दिईने
कमोटिडी एक्सचेञ्ज सञ्चालनका लागि बोर्डमा ६ वटा आवेदन परे पनि बोर्डले दुई वटालाई मात्रै सञ्चालन अनुमती दिने बोर्डले जानकारी दिएको छ । कम्पनीको पूँजी, बैदेशिक साझेदारीमा, कम्पनीको व्यवसायीक योजना, रणनीतिक योजना, स्थानीय उत्पादनलाई स्थान दिने वा नदिने, प्रविधिको आधार, संस्थागत स्वामित्वका आधारमा कम्पनी छनोट गर्ने बताएको छ । एक्सचेञ्जका लागि बोर्डले ५० करोड रुपैयाँ चुक्ता पूँजी तोकेको छ ।

यस अघि आवेदन दिएका कम्पनीहरु
बोर्डमा यस अघि पाँच वटा कम्पनीले आवेदन दिएका थिए । जसमध्ये ५४ करोड रुपैयाँ पुँजी कायम गरी नेपाल कमोडिटी एक्सचेन्जले आवेदन दिएको थियो । उक्त कम्पनीमा गैरआवासीयको लगानी रहेको थियो । त्यस्तै, नेपाल मर्कन्टायल एक्सचेन्जले पनि निवेदन दिएको थियो । ५० करोड रुपैयाँ पुँजी रहेको उक्त कम्पनीमा वाणिज्य बैंकहरूको लगानी रहेको थियो । कमोडिटी फ्युचर्स एक्सचेन्जले पनि बोर्डमा निवेदन दिएको थियो । कम्पनीको पुँजी ६० करोड रुपैयाँ रहेको थियो । मल्टी डेरिभेटिभ एक्सचेन्ज नेपालले ६८ करोड २५ लाख रुपैयाँ पुँजीसहित बोर्डमा निवेदन दिएको थियो । त्यस्तै, ५५ करोड रुपैयाँ पुँजीको रिगल कमोडिटी एन्ड डेरिभेटिभले पनि बोर्डमा निवेदन दिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x