Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नवनियुक्त मन्त्रीहरुले सपथसँगै सम्हाले जिम्मेवारी

नवनियुक्त मन्त्रीहरुले सपथसँगै सम्हाले जिम्मेवारी

काठमाडौं, ५ मंसिर । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण सँगै पदभार ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीले ६ मन्त्रीहरुलाई सपथ खुवाएकी थिइन । राज्यमन्त्रीहरुलाई भने प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ खुवाएका थिए ।

प्रधानमन्त्री ओलीले हिजो बसन्त नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्री, धनश्याम भुसाललाई कृषि तथा पशुपंछी मन्त्री, ह्दयश त्रिपाठीलाई सामान्य प्रशासन मन्त्री, लेखराज भट्टलाई उद्योग मन्त्री, रामेश्वर रायलाई श्रम तथा रोजगार मन्त्री र पार्वत गुरुङलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा नियुक्त गरेका थिए ।

उनीहरुले आजै आ–आफ्नो मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

कार्यसम्पादनमा निकै कमजोर देखिएको भन्दै हिजो भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई पदमुक्त गरि नयाँलाई जिम्मेवारी दिइएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x