Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

गैरागाउँ गाउँ विकास समितिको २१ औं गाउँ परिषद्

डोटी(डोटीको पूर्विचौकीस्थित गैरागाउँ गाउँ विकास समितिको २१ औं गाउँ परिषद् बुधबार सम्पन्न भएको छ ।
गाउँ परिषद्को उद्धघाटन ने।क।पा।माओबादी केन्द्रका पोलिट ब्यूरो सदस्य एवं डोटी जिल्ला ईन्चार्ज त्रिलोचन भट्ट संकल्पले गरेका हुन् ।

गैरागाउँ गाउँ विकास समितिको २१ औं गाउँ परिषद् उद्धघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि संकल्पले शुभकामना मन्तब्यका क्रममा डोटी जिल्ला सदमुकाम सिलगढीदेखी नजिकै रहेको गैरागाउँ गाविसका स्थानिय जनताहरुबीच एकता नभएकै कारण विकास हुन नसकेको औल्याएका थिए ।

नबष्चब(नबगल(खमअ

अरुले गरेको काम पनि मैले गरेको हु भन्दै अन्य पार्टीका नेताहरुले जनतालाई भ्रम छर्दै भाषण गर्दै हिड्ने र जनताले पनि पत्याउने र को सही को गलत हो भनी मूल्यांकन नगर्ने हुदा विकासले गती नपाएको संकल्पले बताए । आफुले गैरागाउ गाविसमा सडक पुयाउनका लागि जिल्ला विकास समितिमा निकै पहल गरेको र सोही अनुसार यस बर्ष सडक निर्माण भएको र सडक गाविस कार्यालयसम्म पुयाउनका लागि हालै मात्र प्रधानमन्त्रीको कार्यालय,स्थानिय विकास मन्त्रालय र भौतिक निर्माण तथा यातायात मन्त्रालयमा आबश्यक पहल गरि रहेको संकल्पले बताए ।

आफुले गैरागाउ गाविसको विकासका लागि सडक,बिधुत र सिचाई सुबिधाका लागि पहल गर्ने प्रतिबद्धता जनाउदै संकल्पले त्यसको परिणाम दुई,तीन महिनामै यहाँका जनाताहरुले थाहा पाउने बताए । परिषद्मा नेपाली काग्रेसका प्रतिनिधि सुरत खड्का,एमालेका प्रतिनिधि ईन्द्र रावत,माओवादी केन्द्रका प्रतिनिधि यज्ञ गिरी,नयाँ शक्ति नेपालका प्रतिनिधि साजेन्द्र कोली समता अनलाइनका सम्पादक मिलन परियार,सानागाउ प्रहरी चौकीका ईन्चार्ज नबराज अवस्थी,साझघाट गैरागाउँ सडक निर्माण समितिका अध्यक्ष गगन रावत लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।

उक्त गाउँ परिषद्को सामुदायिक रेडियो त्रिबेणी एफ।एम।९४।४ मेगाहर्जबाट प्रत्येक्ष प्रशारण समेत गरिएको थियो । गैरागाउँ गाविसका सचिव हेमराज जोशीले गाविसको चालु आर्थिक बर्षका आयब्यय बिवरण प्रस्तुत गर्नुका साथै आर्थिक बर्ष ०७३र०७४ को प्रस्ताबित बजेट बिनियोजन कार्यक्रम प्रस्तुत गरेका थिए । गैरागाउँ गाविसका सचिव हेमराज जोशीको अध्यक्षतामा परिषद् उद्धघाटन कार्यक्रम समापन भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x