Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

स्वास्थ्य बीमामा पौने ७ लाख घरपरिवार समेटिए

स्वास्थ्य बीमामा पौने ७ लाख घरपरिवार समेटिए

काठमाडौ ६ मंसिर । सरकारले सञ्चालन गरेको योगदानमा आधारित स्वास्थ्य बीमा कार्यक्रममा ६ लाख ८६ हजार १६० घर परिवार समेटिएका छन् । स्वास्थ्य बीमा बोर्डको तथ्यांक अनुसार हालसम्ममा २३ लाख ६० जार १७२ जना व्यक्ति स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भै सकेका छन् ।
सहभागीमध्ये महिलाको संख्या १२ लाख ३६ हजार ९६७ रहेको छ । त्यस्तै, पुरुषको संख्या भने ११ लाख २२ हजार ९२१ पुगेको छ । अन्य २८४ व्यक्तिले स्वास्थ्य बीमा सुविधा लिई सकेका छन् ।
बोर्डले बीमा कार्यक्रममा सहभागीबाट हालसम्म २ अर्ब ७६ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरि सकेको छ । त्यस्तै बीमा दाबी बापत ३ अर्ब ६१ करोड १२ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । साथै ८ लाख २४ हजार ८१७ जनाले स्वास्थ्थ सेवा समेत उपभोग गरि सकेका छन् ।
बीमा कार्यक्रममा २ लाख २९ हजार ९७० ज्येष्ठ नागरिकको सहभागिता छ । २ हजार ३५७ एचआईभि संक्रमित छन् । ३५४ कुष्ठ रोग संक्रमित छन् । ५ लाख ९२ हजार २५३ जना अति विभिन्न नागरिक कार्यक्रममा समेटिएका छन् । बीमा कार्यक्रम ४९ जिल्लामा विस्तार भएको छन । निकट भविष्यमा नै १० वटा जिल्लामा कार्यक्रम सुरु हुने तयारी भै रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x