Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

उद्योगीको समस्या हल गर्ने उद्योग मन्त्रीको बाचा

उद्योगीको समस्या हल गर्ने उद्योग मन्त्रीको बाचा

काठमाडौं, ९ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योग क्षेत्रमा भएका समस्याहरू खुलस्त रूपमा भन्न उद्योगीलाई आग्रह गरेका छन् । आज काठमाडौंमा आयोजित पाँचौं उद्योग दिवसको अवसरमा नेपालमा उद्योग तथा लगानीको अवस्था, चुनौती र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले उद्योगीका समस्या हल गर्ने आफ्नो लक्ष्य रहेकोले सबै व्यवसायीलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

हिजोका पुराना सोच र प्रवृत्तिहरूलाई परिवर्तन गरेर उद्योगीहरू आफ्ना समस्या लिएर आए त्यसलाई छलफल र अन्तरक्रिया मार्फत निराकरण गरिने उनले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा उद्योग राज्यमन्त्री मोतिलाल दुगडले उद्योग क्षेत्रको विकास नै आफ्नो प्राथमिकतामा रहने बताए । निजी क्षेत्रको प्रतिनिधिको रूपमा सरकारमा उद्योगी नै आएको अवस्थामा अब उद्योगीहरूका समस्या हल हुने उनको भनाई छ । उद्योग क्षेत्रमा भएका समस्या हल गर्न नसके आफूलाई अपराधी घोसित गर्न पनि उनले व्यवसायीलाई भने ।

कार्यक्रममा उद्योग सचिव यमकुमारी खतिवडाले निजी क्षेत्रलाई लिखित रूपमा उद्योग क्षेत्रका समस्या त्याउन आग्रह गरिने । व्यवसायीक समस्या हल गर्न मन्त्रालय तयार रहेको उनको भनाई छ ।

त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैंकको उच्च व्याजदरको कारण उद्योगीहरु समस्यामा पारेको बताए । निजी क्षेत्रलाई प्रोत्साहन गरेर गगाडी बढे सरकारले लिएको समृद्धि सफल हुने उनको भनाई छ । स्वदेशमा उत्पादन भएका सामग्रीलाई सरकारले प्रोत्साहन दिनुपर्ने उनले बताए । त्यस्तै, नेपाल उद्योग परिसंघकाअध्यक्ष सतिश कुमार मोरले
सरकारले उद्योगमा विद्युत सहज रूपमा प्रवाह गर्न नसकेको र विद्युत प्रवाह गर्दा उद्योग अनुसार भेदभाव भएको बताए । निर्यातलाई प्राथमिकता दिन व्यवसायीलाई सहज वातावरण मिलाई दिनुकासाथै विदेशमा शाखा सञ्चालन गर्न प्रोत्साहन गर्नु पर्ने उनको माग छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x