कृषि विकास बैकका २ कर्मचारी सहित ८ जना विरुद्ध मुद्धा दायर

काठमाडौँ, १० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैकका २ कर्मचारी सहित ८ जना विरुद्ध २ अर्ब ७१ करोड ४४ लाख रुपैयाँ विगोसहित बिषेश अदालतमा आरोप पत्र दायर गरेको छ । अयोगले भष्ट्राचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग दाबी गर्दै दायर गरेको हो ।

अयोगले कृषि विकास बैकका तत्कालिन स्वयम्भू शाखा कार्यलयमा कार्यरत शाखा अधिकृत केदारप्रसाद गौतम, बैकका शाखा प्रबन्धक भरत बहादुर बानियाँ, सम्झना पोखरेल, जेनी श्रेष्ठ, सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र कृष्णहरी थापा विरुद्ध आरोपत्र दायर गरेको हो । आयोगमा शाखा अधिकृत गौतमले २०७१ देखि २०७२ असारसम्ममा गैरकानुनी तवरबाट ३३ करोड ९३ लाख रुपैयाँ निकालेको भन्दै उजुरी परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *