Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चौमासिक प्रगति समीक्षामा असन्तुष्ट बने प्रधानमन्त्री, काम नगर्नेको ठेक्का रद्द गर्न निर्देशन

चौमासिक प्रगति समीक्षामा असन्तुष्ट बने प्रधानमन्त्री, काम नगर्नेको ठेक्का रद्द गर्न निर्देशन

काठमाडौं, १० मंसीर । प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको पहिलो चौमासिकको प्रगति सन्तोषजनक नभएको बताएका छन् । प्रधानमन्त्री कार्यालयमा सबै मन्त्रालयका मन्त्री र सचिवसँग पहिलो चौमासिक समीक्षा बैठकका क्रममा प्रधानमन्त्रीले विकास खर्च निराशाजनक रहेको बताए । पहिलो चार महिनामा चालु वर्षका लागि विनियोजित ४ खर्ब ८ अर्ब मध्ये ६ प्रतिशत मात्र विकास खर्च भएको छ ।
‘कम्तीमा पनि २० प्रतिशत खर्च हुनुपथ्र्यो,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै समीक्षा बैठकमा सहभागी एक सचिवले भने, ‘हाम्रो पुँजीगत खर्च १४ प्रतिशत कम भयो ।’ गत वर्ष कर्मचारी व्यवस्थापन र कानुन निर्माण लगायतका कामले पुँजीगत खर्चलाई गति दिन नसकिएको भनिएको वर्ष पनि पहिलो चौमासिकमा पुँजीगत खर्च अहिलेभन्दा बढी थियो । पुँजीगत खर्च कम हुनुमा पूर्व भौतिक पूर्वाधार तथा निर्माण मन्त्रीलाई कारण देखाइएको छ । महासेठले फाइल अल्झाउने, काम नगर्ने ठेकेदारलाई पनि बचाउ गरेको आरोप छ ।
प्रधानमन्त्री ओलीले त्यसैलाई लक्षित गर्दै काम नगर्नेको ठेक्का खोस्न निर्देशन दिएका छन् । ‘कसैले काम गर्दैन भने उसलाई निरन्तरता दिने होइन, अब ठेक्का रद्द गर्नुस्’ प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालयका मन्त्रीहरुलाई निर्देशन दिए । उनले नवनियुक्त मन्त्रीहरुसँग आगामी चार महिनामा सम्पन्न गर्ने कामको सूची र नयाँ सोच (भिजन) सहित आउन आग्रह गरेका छन् । पुराना मन्त्री र सचिवहरुसँग भने क्रमशः प्रगति समीक्षा र आवश्यक निर्देशन दिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x