प्रोग्रेशिभ फाइनान्सका २ नयाँ शाखा धनुषा र सर्लाहीमा

काठमाडौं, १० मंसिर । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले २ नयाँ शाखा कार्यालय विस्तार गरेको छ । फाइनान्सले प्रदेश नं. २ को सर्लाहीको मलंगवा नगरपालिका र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, महेन्द्रनगरमा शाखा कार्यालयको विस्तार गरेको हो ।

मलंगवा शाखाको उद्घाटन मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साहले तथा छिरेश्वरनाथ शाखाको उद्घाटन छिरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियारले गरेका हुन् ।

फाइनान्सले सबै भूगोलको प्रतिनिधित्व हुनेगरी शाखा बिस्तारको योजना लिएको र निकट भविष्यमा विभिन्न प्रमुख शहरमा पनि नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याउने योजना रहेको कम्पनीका अध्यक्ष किशोर कुमार महर्जनले जानकारी दिए ।

हाल फाइनान्सले काठमाडौंसहित बनेपा, पोखरा र यी दुई शाखा समेत गरी ६ वटा शाखा र ४ एक्सटेन्सन काउण्टरहरु मार्फत सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *