विदेशी खेलाडीको प्रतिव्यक्ति ५ लाख बीमा गर्ने सम्झौता

काठमाडौं, १० मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद–२०७६ मा सहभागी हुने विदेशी पधाधिकारी तथा खेलकर्मीहरुको खेल अवधीभरीका लागि ५ लाख रुपैयाँ दुर्घटना बीमा हुने भएको छ । मंसिर १५ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने खेलमा विदेशी खेलकर्मी र पदाधिकारीहरुको सामुहिक बीमा गर्ने सम्झौता १३ औं दक्षिण एशियाली खेलकुद–२०७६ को मूल आयोजक समिति र आईएमई जनरल इन्स्योरेनसबीच भएको हो ।

सामबार उक्त सम्झौतापत्रमा आयोजक समितिका सदस्य सचिव रमेश सिलवाल र इन्स्योरेनस कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । उक्त खेल अवधिभर आईएमई जनरल इन्स्योरेन्सलाई आधिकारिक बीमा प्रायोजकको रुपमा निय्क्ति गरिएको विज्ञप्ति मार्फत जानकारी गराईएको छ ।

खेल काठामाडौंको दशरथ रङ्गशाला, पोखरा रंगशाला, ललितपुरको सातदोबाटो रङ्गशाला र जनकपुरको रङ्गशालामा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *