Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

हस्ताक्षर कपी गरी बैंक ठग्ने गिरोहमा बैंककै कर्मचारीको मिलोमत्तो भएको आशंका

हस्ताक्षर कपी गरी बैंक ठग्ने गिरोहमा बैंककै कर्मचारीको मिलोमत्तो भएको आशंका

काठमाडौं १२, मंसिर । आईतबार भएको बैंक ठगी घटनामा बैंककै कर्मचारी मिलेमत्तो भएको हुन प्रहरी आंशका गरेको छ । नक्कली चेकबुक बनाएर बैकबाट रकम निकाल्ने गिरोहले व्यक्तिगत खाताको रकम थाहा पाउँनु, हस्ताक्षर कपी गर्न सक्नु, निक्षेपकर्ताको कागजपत्र प्राप्त गर्नुले बैककै कर्मचारीको यस घटनामा संलग्नता भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

अपरिचित व्यक्तिले बैकमा कुनै निक्षेपकर्ताको पूर्ण विवरण थाहा पाउँन सक्दैन । निक्षेपकर्ता स्वयं आफै भएको अवस्थामा मात्रै खाता बारे जानकारी दिईन्छ । तर, यस घटनामा बैकको खातामा रहेको रेकर्ड फाईलको फोटो नै खिचेर ल्याउँने गरेकोसम्म पाईएको महानगरीय प्रहरी परिसर काठमाडौका डिएसपी होविन्द्र बोगटीले बताए । “गिरोहरुले अपरिचत व्यक्तिको नाममा चेकबुक र एटिएम कार्ड नै तयार पारेका छन् । बैकबाट यतिसम्मको लापरवाही कसरी हुन्छ,” उनले भने ।

अनुसन्धानका क्रममा गिरोहरुबाट प्रहरी ठूलो मात्रामा नागरिकताको प्रतिलिपि, फोटो, चेकबुक, एटिएमकार्ड समेत फेला पारेको छ । प्रहरीका अनुसार २९० थान नागरिकता फोटोकपी, रजिष्टर २६ थान, हस्ताक्षर नमूना र व्यक्तिको नाम उल्लेख गरिएको २ थान डायरी, विभिन्न व्यक्तिको खाता खोल्न फोटो टाँसेको तयारी फारम ३ सय थान, १ सय १५ जनाको व्यक्तिको बैक स्टेटमेण्ट बरामद गरेको छ ।

प्रहरीले जनता बैककै विभिन्न व्यक्तिहरूको नाममा जारी भएको नकाटिएको अवस्थामा रहेको चेकबुक १ थान, र काटिएको अवस्थाको चेकबुक ४१ थान, ज्योति विकास बैंकबाट अन्जन बरालका नाममा जारी भएको र काटिएको अवस्थाको चेकबुक १ थान, एभरेष्ट बैंकको विभिन्न व्यक्तिको नाममा जारी भएको नकाटिएको अवस्थाको चेकबुक २० थान र काटिएको अवस्थाको चेकबुक ३ थान बरामद भएको प्रहरीले जनाएको छ ।

एनआइसी एसिया बैंकका चेक ६८ थान, विभिन्न व्यक्तिहरुको फोटो ८ सय २५ थान, एनआइसी एसियाको एटिएम ८२ थान, अन्य बैंकको एटिएम ७ थान, विभिन्न बैंकका हस्ताक्षर गरिएका चेक ३ सय २९ थान बरामद भएको छ। त्यसैगरी बैंकसँग सम्बन्धित अन्य कागजात २ बोरा बरामद गरिएको एसएसपी सुवेदीले जानकारी दिए।

माछापुच्छ्रे बैंकबाट विभिन्न व्यक्तिहरूको नाममा जारी भएका तर नकाटिएका चेकबुक १७ थान, काटिएको अवस्थाको चेकबुक २ थान, मुक्तिनाथ विकास बैंकबाट विभिन्न व्यक्तिहरूका नाममा जारी भई काटिएका चेकबुक ४१ थान र नकाटिएको चेकबुक १ थान बरामद भएका छन्।

यसरी पक्राउ परेका थिए

आईतबार राति साढे ८ बजे ठूलो मात्रामा आफ्नो खातामा रहेको रकम निकालेको थाहा पाएपछि राजवाहकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले राष्ट्र बैंकका कर्मचारी र जनता बैंकको सिइओ पर्शुराम कुँवर क्षेत्रीलाई सम्पर्क खबर गरयो । बैकका सबै कर्मचारीलाई शतर्क गराईयो । राजवाहकको खातामा अझै ५ लाख रुपैयाँ बाँकी रहेकोले फेरी भुक्तानीको लागि आउँने प्रहरीले अनुमान गरयो

सोमबार न्यूरोडस्थित जनता बैंकको काउन्टरमा १ लाख ७० हजार रकम लेखिएको राजवाहकको नाममा रहेको चेक लिएर सुभाष श्रेष्ठ पुगे । उनलाई प्रहरीले बैंक काउन्टरबाटै नियन्त्रण लियो। त्यसको केही समयमै सोही काउन्टरमा १ लाख ७० हजार रकम नै उल्लेख गरिएको अर्को चेक लिएर पुगेका मनिष घिमिरे पनि पक्राउ परे।

आईतबार जनता बैकका निक्षेपकर्ता गोपालमान राजबाहकको नक्कली हस्ताक्षर गरी चेकबुक बनाएर पटक पटक गरी १९ लाख ९ हजार रुपैयाँ निकालिएको थियो । थप रकम निकाल्ने क्रममा प्रहरीले सुबास श्रेष्ठ, कुमार तामाङ्ग, मनिष घिमिरे, अन्जन बराल, सुमन पौडेल र गोविन्द घिमिरेलाई पक्राउ गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x