बिवाहको लगनले पनि छोएन सुन व्यवसायीलाई

काठमाडौं, १२ मंसिर । मंसिर लगन वा बिवाहको महिना पनि हो । यो महिनामा प्राय बैंवाहिक जीवनमा बाँधिने संख्या अन्य महिनामा भन्दा बढी हुने गर्छ । बिवाहको सिजन भएकाले मंसिर महिनामा सुनको खपत बढी हुने गर्छ । तर, यो वर्षको बिवाहको सिजनमा पनि नेपाली बजारमा सुनको कारोबार उत्साहजनक हुन सकेको छैन ।

अन्य समयको तुलनामा बिवाहको सिजनमा सुनको कारोबार बढ्ने गरेको भएपनि यसपटक भने सुनको खपत उल्लेखनीय रुपमा बढ्न नसकोको नेपाल सुनचाँदी व्यावसायी महासंघका पूर्व अध्यक्ष मणीरत्न शाक्यले बताए । नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन बढ्दै गएको तर आम मानिसको आयश्रोतमा वृद्धी नभएकाले सुनको खपतमा ह्रास आएको उनले अर्थको अर्थलाई जानकारी दिए ।

गत आर्थिक वर्ष ०७५÷७६ को श्रावण, भाद्र र आश्विनमा ७ सय ५६ करोड रुपैयाँ बराबरको सुन खपत भएकोमा चालु अर्थिक वर्ष ०७६÷७७ को सोहि अवधिमा जम्मा ६ करोड रुपैयाँ बराबरको सुन खपत भएको उनले बताए । अघिल्ला बर्षहरुमा ५० किलोको हाराहारीमा दैनिक खपत भएको सुन यो वर्ष बिवाहको महिना मंसिरको दोस्रो हप्ता सकिनै लाग्दासमेत दिनमा ३० किलो सुन खपत हुन नसकेको शाक्यको भनाई छ ।

मंसिर १ गतेदेखि ११ गते सम्मको सुनको भाउ प्रतितोलामा

अन्य वर्षको तुलनामा यस वर्ष सुनको मुल्य बढेपनि मंसिरको सुरुदेखि नै सुनको मुल्यमा खासै उतारचढाव देखिएको छैन । महासंघको तथ्याङ्क अनुसार सुनको मुल्य मंसिर १ गतेको तुलनामा ११ गते बुधबार ६ सय रुपैयाँले घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *