Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसा सेञ्चुरी बैंकबाट पनि झिक्न सकिने

भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसा  सेञ्चुरी बैंकबाट पनि झिक्न सकिने

काठमाडौं, १२ मंसिर । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रा. लि. बीच मनी ट्रान्सफर सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा बैंकका प्रमुख व्यवसाय विकास अधिकृत सुभाष बहादुर श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रबन्धक मुनाल जंग कार्कीले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसाको भुक्तानी लिन सकिने जनाएको छ ।
बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर त्यसैगरि उपत्यकाबाहिर १०० शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखा रहित बैंकिङ्ग गरी जम्मा १३५ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x