मुक्तिनाथ विकास बैंकको २ नयाँ खाता योजना

काठमाडौं, १२ मंसिर । मुक्तिनाथ विकास बैंकले २ प्रकारका नयाँ खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले “मुक्तिनाथ संस्थागत उपलब्धी खाता’’ चल्ती खाता र “मुक्तिनाथ व्यक्तिगत उपलब्धी’’ नामक बचत खाता सञ्चालनमा ल्याएको हो ।

संस्थागत उपलब्धी खाता अन्तर्गत न्युनतम मौज्दात १ हजार खोल्न सकिने र खातावालाहरुका लागि ७ लाखकोे दुर्घटना मृत्यु बीमाको सुविधा प्रदान गरिएको छ भने व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत न्युनतम मौन्दात एक सय रुपैयाँमा संस्थाका सम्पुर्ण कर्मचारी तथा व्यक्तिका लागि ७ लाख रुपैयाँ सम्मको दुर्घटना बीमाको सुविधा रहेको जनाइएको छ ।

सो योजना अन्तर्गत मुक्तिनाथ संस्थागत उपलब्धी खाता भएका संघ÷संस्थाका कर्मचारी तथा आवद्ध व्यक्तिगत सदस्यहरुले मात्र व्यक्तिगत उपलब्धी बचत खाता खोल्न सक्नेछन् । बैंकको यो सेवा देशका १ सय ३३ वटै शाखाहरुबाट लिन सकिने छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *