प्रभु बैंकको नयाँ शाखा गौशलाको पिङ्गलास्थानमा

काठमाडौं, १२ मंसिर । प्रभु बैंकले काठमाण्डौं महानगरपालिका वडा नं. ०८ गौशाला स्थित पिङ्गलास्थानमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले उद्घाटन गरे ।

यो बैंकले १ सय ९७ औं शाखा हो । बैंकको पिङ्गलास्थान शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *