देवः विकास बैंकको कावासोती र धादिङ्गवेशीमा शाखा
काठमाडौं, १३ मंसिर । देवः विकास बैंकले दुई वटा नयाँ शाखा कार्यालय सञ्चालनाम ल्याएको छ । बैंकले नवलपुरको कावासोती र धादिङ्गको धादिङ्गवेशीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । कावासोती शाखा कार्यालयको बैंक सञ्चालक समितिका सदस्य सुदनरत्न बज्राचार्यले गरे भने धादिङ्गवेशी शाखा कार्यालयको बैंक संचालक समितिका अर्का सदस्य विजयराज शर्मा भुषालले गरेका हुन् ।
स्थानीय पूँजी परिचालन गरी साना तथा लघु लद्यम व्यवसायीहरुलाई आर्थिक परिचालनको लागि सहयोग गर्न बैंक तत्पर रहेको र ग्रामिण क्षेत्रमा समेत आगामी दिनमा बैकिङ्ग सेवा विस्तार गरी सेवाग्राहीहरुलाई सुविधा उपलब्ध गराउने योजना रहेको बैंकले जनाएको छ ।