Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

१७ औं हस्तकला व्यापार मेलामा सर्वसाधारणको घुँईंचो

१७ औं हस्तकला व्यापार मेलामा सर्वसाधारणको घुँईंचो

काठमाडौं, १४ मंसिर । १७ औं हस्तकला व्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगितामा सर्वसाधारणको भिड लागेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्याापर तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा नेपाल हस्तकला महासंघले गत बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको मेलाको आज तेस्रो दिन सर्वसाधारणको भिड लागेको हो ।

नेपालमा उत्पादन भएका हस्तकलाका सामाग्रीहरुलाई विश्व बजारमा बजारीकरण गर्नु मेलाको प्रमुख उद्देश्य रहेको मेलाका संयोज धर्मराज शाक्यले जानकारी दिए । उनका अनुसार मेलामा आजसम्म करिव ३ लाख सर्वसाधारण तथा अवलोकनकर्ताहरुले भ्रमण गरेका छन् । मेलामा धातुकला, सुनचाँदी, सुती, ढाकाका सामान, पश्मिना, छालाजन्य सामान, प्राकृतिक रेसा, बासँका सामानहरु प्रदर्शनमा राखिएको छ ।

उक्त मेलामा २ सय वटा स्टलमा नेपालका विभिन्न स्थानमा उत्पादन गरिएका हस्तकलाका सामाग्रीहरु प्रदर्शनमा राखिएको छ । त्यस्तै आगामी सोमबारसम्म चल्ने मेलामा करिब १० करोड रुपैयाँको कारोबार गर्ने लक्ष्य राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x