Shangrila

तीन तहका ५२ जनप्रतिनिधि चयनका लागि मतदान जारी

काठमाडौं, १४ मंसिर । तीन तहका रिक्त ५२ पदको प्रतिनिधि चयनका लागि आज मतदान भइरहेको छ । उपनिर्वाचन हुने स्थानमा बिहान ७ बजेबाट मतदान सुरु भएको छ भने मतदान अपराह्न ५ बजेसम्म हुनेछ ।

प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहका ४८ जनप्रतिनिधि बिहिन छन् ।

तत्कालीन पर्यटन मन्त्री रबिन्द्र अधिकारीको निधन भएपछि कास्की क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य चयनका लागि उपनिर्वाचन भइरहेको छ।

त्यस्तै, प्रदेशसभाको भक्तपुर १ (क), बागलुङ २ (ख), दाङ ३ को (ख) मा पनि नयाँ जनप्रतिनिधि छनोटका लागि मतदान शान्त्ति पूर्वक भइरहेको निर्वाचन आयोगले जनाएको छ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *