Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कुटो कोदालो कृषि सहकारीको तेस्रो सधारण सभा सम्पन्न

कुटो कोदालो कृषि सहकारीको तेस्रो सधारण सभा सम्पन्न

कैलाली १४ मंसिर । कुटो कोदालो आधुनिक कृषि सहकारी संस्था लिमिटेडको तेस्रो बार्षीक साधारण सभा सम्पन्न भएको छ । कुटो कोदालो आधुनिक कृषि सहकारीले धनगढी उपमहानगरपालिका १४ फुलबारीमा विगत तीन बर्षदेखी काम गर्दै आएको थियो ।

बि.सं. २०७३ फागुनमा स्थापना भएको सहकारीमा हालसम्म १ सय २७ जना सेयर सदस्य रहेका छन् । सधारण सभामा सहकारीका लेखा समिती संयोजक लिलाधर तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले आर्थिक बर्ष २०७५÷०७६ मा १ करोड ८९ हजार रुपैयाँको आर्थिक कारोबार गरेको आय–ब्याय प्रस्तुत गरे ।

साधारण सभामा सहकारीका अध्यक्ष ओम प्रसाद शर्माले सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै परम्परागत कृषि पेशालाई रुपान्तरणको लागी कुटो कोदालो आधुनिक कृषि सहकारीको स्थापना भएको बताए । ग्रामिण क्षेत्रका किसानहरुले मल, बिउ लगाएत सिचाईका समस्याहरु भोग्नु परेको बताउदै सहकाकरीले उक्त क्षेत्रमा लगानि गर्दै समस्यालाई सम्बोधनका लागी पहल चालेको बताए ।

कार्यक्रमका प्रमुख अतिथी तथा सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले कुटो कोदालो आधुनिक कृषि सहकारी कृषि क्षेत्रमा दिएको योगदानको सम्मान गर्नुपर्ने बताए । संविद्यानले अंगीकार गरेको सहकारी क्षेत्रहरुलाई सरकारले पुर्ण साथ र सहयोग गर्ने बताए । सरकारले चाहेको समृद्धी सहकारी क्षेत्रहरुबाट मात्रै सम्भव भएको बताउदै सरकारले ल्याएका कार्यक्रमहरु कार्यान्वयनको लागी सहकारीहरुले सहयोग गर्नुपर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x