सेञ्चुरी बैंकको वित्तीय साक्षरता अभियान चरिकोटमा सम्पन्न

काठमाडौं, १९ मंसिर । सेञ्चुरी कमर्सियल बैंकको चरिकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको संयुक्त आयोजनामा एक दिने वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आधारभूत कर्जा, लेखा तथा कर सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा मुख्य विषयवस्तु बैंकिङ्ग कर्जा, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, लेखा तथा कर सम्बन्धी जानकारी दिएको बैंकले जनाएको छ । उक्त कार्यक्रममा एक सय १४ जनाभन्दा बढीको सहभागी रहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *