उत्पादन बढाउँने नीति लिएर अगाडि बढेका छौं : मन्त्री भट्ट

धनगढी, १९ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नेपालको व्यापार घाटा कम गर्न उत्पादन बढाउँन आवश्यक रहेको बताएका छन् । प्रेश संगठन सुदूरपश्चिमले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले सरकार त्यही नीति अनुरुप अगाडि बढेको बताएका हुन् । सरकारले व्यापार घाटा कम गर्न उत्पादनलाई प्रोत्साहन गर्दै अगाडि बढ्ने उनको भनाई छ ।

त्यस्तै मन्त्री भट्टले कालापानीको समस्या सामाधानका लागि सरकारले कुटनीतिक रुपमा पहल गरिरहेको पनि जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *