Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बैंकका कर्मचारी माथि गभर्नरको प्रश्न, चेक चिन्न नसक्ने कर्मचारी राखेर जनताको विश्वास जित्न सकिन्न्

बैंकका कर्मचारी माथि गभर्नरको प्रश्न, चेक चिन्न नसक्ने कर्मचारी राखेर जनताको विश्वास जित्न सकिन्न्

काठमाडौं, २० मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकहरुको कर्मचारीको क्षमता माथि प्रश्न उठाएका छन् । ग्लोबल आईएमई र जनता बैंकको एकीकृत कारोबार समारोहमा उनले कर्मचारीको क्षमता अभिबृद्धिमा ध्यान दिन बैंकहरुलाई आग्रह गरे ।

पछिल्लो समय कर्मचारीहरुकै असावधानीका कारण ठगिका घटना हुन थालेको भन्दै उनले चेक समेत चिन्न नसक्ने कर्मचारीलाई बैंकमा राख्दा ग्राहकको विश्वास घट्ने बताए ।

कर्मचारीले आज एउटाको चेक अर्कैलाई दिए, भोली बिटोका बिटो पैसा दिएर पठाए भने के गर्ने प्रश्न गर्दै उनले अब यस्तो सहन नसकिने बताए ।

मानव संशाधन र प्रविधि बैंकको सबैभन्दा महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उनले चनाखो बन्न सञ्चालक र व्यवस्थापकहरुलाई भने ।

राष्ट्र बैंकले नीति मार्फत नै यी क्षेत्रलाई मजबुत बनाउने बाटो अबलम्बन गर्ने जानकारी पनि गभर्नर नेपालले गराए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x