ग्लोबल आईएमई र जनता बैंकको एकीकृत कारोबार सुरु, वाणिज्य बैंकको संख्या २७ मा झर्यो
काठमाडौं, २० मंसिर । ग्लोबल आईएमई बैंक र जनता बैंकले एकिकृत कारोबार सुरु गरेका छन् । दुई बैंक एक आपसमा गाभिएर ग्लोबल आईएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन । काठमाडौंमा आज एक कार्यक्रमकाबीच अर्थमन्त्री डा.युवराज खतिवडाले एकीकृत कारोबारको सुरुवात गरेका हुन ।
योसँगै ग्लोबल आईएमई बैंकको प्राथमिक पुँजी २४ अर्ब रुपैयाँ पुगेको छ भने चुक्ता पुँजी १९ अर्व रुपैयाँ पुगेको छ । निक्षेप २ खर्ब १३ अर्ब रुपैयाँ, कर्जा एक खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, शाखा संख्या ३ सयभन्दा र एटिएम २ सय ५९ वटा पुगेको छ । दुई बैंक मर्जर भएसँगै वाणिज्य बैंकको संख्या २७ मा झरेको छ भने ग्लोबल आइएमई मुलुकको सबैभन्दा ठुलो वाणिज्य बैंक भएको छ।
ग्लोबल आइएमईले १८ वटा संस्थालाई समाहित गरिसकेको छ।