Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

ग्रिनहिल सिटी समाजको प्रथम साधारणसभा सम्पन्न

ग्रिनहिल सिटी समाजको प्रथम साधारणसभा सम्पन्न

काठमाडौं, २२ मंसिर । ग्रिनहिल सिटी समाज कागेश्वरीको प्रथम साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको मनोहरा नगरपालिका वडा नम्बर ६ स्थित मुलपानीमा रहेको ग्रिनहिल सिटी समाजको प्रथम साधारणसभाको उद्घाटन शनिबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका हुन् । सभाको उद्घाटन समारोहमा नेता नेपालले ग्रिनहिल सिटी शहर भित्रको ब्यवस्थित शहर भएकोले यस्ता सहरहरुमा सरकारले जोड दिनुपर्ने बताए ।

त्यस्तै समाजका अध्यक्ष बिश्वराज पौडेलले ग्रिनहिल सिटी कोलोनीको रुपमा बिकास भईरहेको जानकारी दिए । उनले कोलोनीमा देशका विभिन्न जिल्लाबाट काठमाडौंमा पेशा ब्यवसाय अंगाल्ने मानिसहरुको बसोबासको रोजाइ बन्न पुगेको बताए ।

करिब ३ सय २० रोपनी क्षेत्रफलमा फैलिको ८ सयसम्म घर रहने यो कोलोनीमा हाल करिब ४ सय घर तयार भईसकेको र ती घरहरुमा मानिसहरुको बसोबास रहेको समाजले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x